थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन।

त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार