टुंगिएन प्रदेश नम्बर १ को नाम, सर्वदलीय छलफल निष्कर्षबिहिन

नामाकरणको आधार भूगोल की पहिचान भन्ने विवाद कायमै

विराटनगर । प्रदेश नम्बर १ को नाम राख्न बसेको सर्वदलीय दलको बैठक विनानिष्कर्ष टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा दलहरुले नामको विषयमा सहमति जुटाउन नसकेका हुन्।

तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’

नेपाली कांग्रेसले पनि भूगोलकै आधारमा प्रदेशको नाम ‘सप्तकोसी’ हुनुपर्ने बताएको छ। नेकपा माओवादी केन्द्र एकल पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने अडानमा छ।

प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार