राष्ट्र बैंकबाट बैंकहरूले लिने ऋणको ब्याजदर बढ्यो

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दवाव पुग्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार