संविधान निर्माणमै महिला र पुरुषबीच विभेद गरियाे : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले नागरिकता सम्बन्धमा समानता हक स्थापित हुन नसकेको बताएकी छिन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव राख्दै शुक्रबार सांसद झाँक्रीले संविधान निर्माणमै महिला र पुरुषबीच विभेद गरेको बताइन् ।

उनले नागरिकताको विषय नेपालको राजनीतिक परिवर्तनको समयमा जोडतोड्ले उठ्ने र सम्झौतामा पुगेर सकिने गरेको बताइन् । संसद्‌मा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै झाँक्रीले नागरिकता विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिइन् । उनले अहिलेको नागरिकता विधेयकले राज्यविहीन अवस्थामा सयौं युवायुवतीलाई सम्बोधन गर्ने भए पनि समानता कायम गर्न नसकेको बताइन्।

‘नागरिकता विधेयकमा समानताको हक स्थापित गरिनुपर्छ । संविधान निर्माण गर्दा नेपाली छोरीले गैर नेपालीसँग विवाह गर्ने व्यवस्था राख्नबाट चुक्यौं । नेपाली पुरुषले विवाह गर्दा तुरुन्तका तुरुन्तै दिने व्यवस्था छ,’ झाँक्रीले भनिन्, ‘नेपाली आमाले जन्माएका सन्तानहरुलाई नागरिकता दिने व्यवस्था भने गरौं । त्यसले केही समस्या समाधान गर्न सहयोग पुग्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार