राष्ट्र बैंकले घटायो कर्जाको लक्ष्य

नेपाल राष्ट्र बैंकले कर्जाको लक्ष्य घटाएको छ।  १९ प्रतिशतको लक्ष्यबाट घटेर राष्ट्र बैंकले १२.६ प्रतिशतमा झरेको हो।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा बृद्धिभन्दा पनि कर्जालाई उत्पानमूलक क्षेत्रमा लगाउन प्राथमिकता दिइने बताए। उनले कोभिडका सुविधा कटौती, अतिआवश्यकलाई मात्र पुनर्कर्जा दिने बताए।

साना, लघु क्षेत्रमा कर्जा केन्द्रित गरिने उनले बताए। यसबाट कर्जाको गुणस्तरमा सुधार हुने बताए। उनले भुक्तानीलाई डिजिटलाइजेसन गरिने बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार