राष्ट्रिय परीक्षा बोर्डले माग्यो ७३ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ ।

बोर्ड अन्तरगतका कार्यलयहरुमा रिक्त रहेका पदहरुमा सूचना जारी भएको ३० दिनभित्र नियमित शुल्कमा र थप ७ दिन भित्र दोब्बर शुल्कमा तोकिए बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम बुझाउन सकिनेले सूचनामा उल्लेख गरिएको छ ।

पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार