निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा

केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् । उनले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताए ।

शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै देउवाले ञ्चार माध्यमको भूमिका सधै महत्त्वपूर्ण हुने उल्लेख गरे ।

‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ,’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार