नेपाल श्रीलंका जस्तो बन्छ भनेर अफवाह फैल्याइयो : मन्त्री कार्की

हेटौँडा । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकाको बाटोमा नजाने बताएका छन् ।

हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशको अवस्था प्रचार गरिए जस्तो खराब नभएको बताए ।

जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको उनको गुनासो छ । मन्त्री कार्कीले त्यो भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्नेमा जोड दिए ।नेपाल आगामी १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुने उनले दाबी समेत गरेका छन् ।

साथै मन्त्री कार्कीले सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको बताए । ‘पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ’, मन्त्री कार्कीले आश्वस्त पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार