श्रीलंकाको नयाँ प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

उनी वामपन्थी महाजन एकथ पेरामुना पार्टीका नेता हुन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार