विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु

इन्डोनेसियामा एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ। चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो।

सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ। सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, ुपूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तराट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ।ु

उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन। उनका अनुसार दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार