जापान कोभिड–१९ को सातौँ लहर सुरु

जापान कोभिड–१९ को सातौँ लहर सुरु भएको छ। जापान सरकारले बिहिबार कोरोना महामारीको सातौँ लहर सुरु भएको घोषणा गरेको हो ।

कोभिड–१९ बाट संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो। पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ संक्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राजधानी टोकियोमा संक्रमण अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ। पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी संक्रमितको संख्या बुधबार रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ। ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक संक्रमितको उच्च रेकर्ड रहेको जनाएको छ।

यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले संक्रमण दरलाई उच्च बनाएको छ।सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार