अर्थमन्त्री प्रकरण : छानबिन समितिको बैठक आज पनि बस्दै

अझै भेटिएन आरोप प्रमाणित गर्ने ‘क्लु’

काठमाडौं । बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।

गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो । जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार