भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय राष्ट्रपति मुर्मूलाई बधाई दिएका छन् । ‘नेपाल सरकार र जनताको तर्फबाट, म द्रौपदी मुर्मुलाई भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई दिन चाहन्छु।’ प्रधानमन्त्री देउवाको ट्वीटमा उल्लेख छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइहरू लिने विश्वास व्यक्त गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार