कालिकोट हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ जना घाइते

बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो ।

कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको जानकारी दिए । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार