पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको पिलीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार दिउँसो साढे १ बजे खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ ।

अस्थायी पोष्ट पिलीबाट खटिएको प्रहरी टोलीले स्थानीय तहसँग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार