बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसालले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी पक्राउ गरेका छन् । भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार