भारतीय मूलका ऋषि बेलायतको प्रधानमन्त्री बन्दै

भारतीय मूलका नागरिक ऋषि सुनक पहिलो पटक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन् ।  कन्जरभेटिभ पार्टीको नेता हुँदै बेलायतको आगामी प्रधानमन्त्री हुनका लागि ऋषि र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरू बिचको अन्तिम चरणको मतदानमा लिइएको हो ।

पार्टीभित्र आन्तरिक रूपमा भएको पाँचौँ चरणको मतदानमा ऋषिले सर्वाधिक १३७ मत प्राप्त गरेका छन् भने लिज ट्रसले ११३ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरेकी छिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए ।

अब दुवै उम्मेदवारबिच २५ जुलाईमा बिबिसीमा वान टु वान बहस हुनेछ । यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ ।

पांचौ चरणमा प्रथम भएसँगै ऋषिको प्रधानमन्त्री बन्ने आधार बलियो भएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गएको साता बेलायतका प्रधानमन्त्री बोरिश जोनसनले राजीनामा दिएपछि त्यहाँ नयाँ प्रधानमन्त्रीको चयन गर्न लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार