यस्तो छ आज बजारमा सुनचाँदीको मूल्य

बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ कमि हो। बुधबार छापाबाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार