पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

स्याङ्जामा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा गल्याङ–६ पेलाकोटमा का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफिया रहेका छन्। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर उनिहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार