साउन महिनको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट, चाँदी भने बढ्याे

साउन महिनाको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट देखिएको छ । यद्यपी चाँदीको भाउ भने यस दिन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र  तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको छ ।

असार महिनाको अन्तिम कारोबार दिन पनि सुनको भाउमा गिरावट आएको थियो । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

शुक्रबार भने चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ तोकिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार