अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

उनले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका हुन् । साथै उनले आइतबार नै भाजपाको मूख्याल भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्ने भएका छन् ।

उनि भारत गएदेखि नै राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै उनले त्यहाँका सत्ता तथा विपक्षी दललका नेताहरूसँग भेटवार्ता गरिरहेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार