दाङको बेलझुण्डी अस्पतालमा चार संक्रमितको मृत्यु

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ निवासी ८४ वर्षीया महिला, तुलसीपुर १८ निवासी ६० वर्षीया महिला, तुलसीपुर–१० निवासी ५५ वर्षीय पुरुष १२ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । अहिले अस्पतालमा ६० जनाको उपचार भइरहेको छ भने आज ११ जना भर्ना भएका छन् । आज अस्पतालबाट दुई जना मात्रै निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार