विश्वकप लिग–२ : नेपालसामू नामिबियासँग बदला लिने मौका

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ । नेपालको लक्ष्य बदला लिने हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तर घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको नेपाल उच्च मनोबलका साथ नामिबियासँग बदला लिने सोचमा हुनेछ ।

नेपालले नामिबियाका रुबेन ट्रम्पलम्यान, टांगेनी लुंगामेनी र बर्नार्ड शोल्टज जस्ता तीव्र गतिका बलरको सामना गर्नुपर्ने हुन्छ । रुबेनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बायाँ हाते तीव्र गतिका बलर रुबेनले गतवर्ष टि२० विश्वकपमा सानदार प्रदर्शन गरेका थिए ।

रुबेनबाट नामिबिया उच्च प्रदर्शन चाहन्छ । जिन ग्रिन र ज्यान निकोल लोफ्टी इटन पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् । नामिबियालाई पनि शीर्ष तीनमा पर्न बाँकी खेल जित्नुपर्ने दबाब छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार