चट्याङ लागेर २ जना घाइते

दाङको बंगलाचुली गाउँपालिकामा वर्षासँगै आज तीनवटा घरमा चट्याङ परेको छ । गाउँपालिकाको वडा नम्वर ५ र ६ को सुकिदहका तीन वटा घरमा चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङबाट उक्त गाउँपालिको वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाइते भएका छन् ।

आज दिउँसो करिव ३ बजेतिर चट्याङ परेर घाइते भएका दुबै जनालाई उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार