लागुऔषधसहित कञ्चनपुरबाट एक युवती पक्राउ

भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।

प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोलीले बिहीबार कटानस्थित आइडिया चोकबाट भीमदत्त नगरपालिका–२ उल्टाखामकी ३२ वर्षीया मानमती बिकलाई पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको साथमा ब्युप्रोफिन ९० एम्पुल, फेर्नागन ९४ एम्पुल, डाईजेल्याप २ एम्पुलसहित फेला परेको प्रहरीलाई जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार