त्रिचन्द्र कलेज पुनर्निर्माणका लागि ५० करोड विनियोजन

सरकारले वर्षौंदेखि जीर्ण बनेको त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न ५० करोड बजेट विनियोजन गरेको छ। उनले कलेज पुनर्निर्माणका लागि बजेट छुट्याएसँगै अहिले टेन्डरको प्रक्रिया शुरु भएको छ ।

कलेज पुनर्निर्माण गर्न बजेट सुनिश्चित भइसकेको कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले जानकारी दिए। ‘कलेज पुनर्निर्माण गर्न बजेट नै ५० करोड विनियोजन भएको छ, अब छिट्टै टेन्डर हुँदै छ,’ उनले भने।

नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र कलेज २०७२ को भूकम्पपश्चात् जीर्ण अवस्थामा पुगेको हो। जीर्ण भवनको पुनर्निर्माण यसअघि एक्जिम बैंकको सहयोगले गर्ने भनिएको थियो। तर एक्जिम बैंकको प्रक्रिया निकै लामो भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यही आर्थिक वर्षमा नेपालकै बजेटले पुनर्निर्माण गर्ने बताएका थिए।

कलेज पुननिर्माणको माग गर्दै विद्यार्थीहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार