प्रचण्डले आइतबार मोदीसँग भेटवार्ता गर्ने, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन् ।

शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ ।

प्रचण्डको भ्रमण तालिका : शुक्रबारको कार्यक्रम

भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्ने

नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट

नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी

 

शनिबारको कार्यक्रम

भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटघाट

विदेश मन्त्री डा. एस जयशंकरसँग भेटघाट

विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट

फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी

भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट

 

आइतबारको कार्यक्रम

प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता

भाजपा मुख्यालय भ्रमण

भाजपा अध्यक्ष जे पी नड्डासँग भेटघाट

भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार