गुल्मीका एक पुरूष १५ दिनदेखि बेपत्ता

गुल्मी जिल्लाको मदाने गाउँपालिकाका एक पुरुष १५ दिनदेखि सम्पर्कबिहिन भएका छन् । मदाने गाउँपालिका वडा न. १ अग्लुङ्गका ४२ वर्षीय प्रकाश मल्ल भारतबाट नेपाल आउने क्रममा सम्पर्कबिहिन भएका हुन् ।

उनी चार महिना अगाडि रोजगारीको लागि भारतको हिमाञ्चल गएका थिए । हिमाञ्चलबाट असार १४ गते स्वदेशका लागि फर्किएका मल्लको अवस्था अहिलेसम्म पनि थाहा हुन सकेको छैन । कामगरि कमाएको केही रकमसहित उनी हिमाञ्चलबाट हिडेको थिए । परिवारले खोजी लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । साथै उनलाई देख्नु हुने ब्यक्तिहरुले नजिकको प्रहरी कार्यालय तथा ९८४५९०९१४२, ९७४२४९७२९२ मा सम्पर्क गरिदिनु होला ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार