नेमकिपाले उपसभामुखको निर्वाचनमा मत नहाल्ने

उपसभामुख पदका लागि हुने निर्वाचनमा नेमकिपाले कसैलाई पनि मत नदिने भएको छ । उपसभामुख पदका लागि प्रतिनिधि सभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवालले कसैलाई पनि मत नदिने बताएका हुन् ।

‘संसद र सरकार प्रभावकारी भएन, प्रजातन्त्र विपरित कामको विरोधमा उपसभामुख पदको निर्वाचनमा नेमकिपाले मत नदिने निर्णय भएको जानकारी गराउँछु’, सुवालले घोषणा गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार