एमालेले माग्यो हतियार खरिद प्रकरणबारे प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनु पर्ने बताएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।

सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । यो सदनमा आएर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न ? तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार