सीपीसीका नेता यहाँ आउनु र म भारत जानु संयोगमात्र हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।

तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिए ।

‘बाहिर देख्दामात्र आकस्मिक देखिएको मात्र हो । क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो । पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाउँ भनेर सोध्नु भयो । मैले जुलाई १५ तिर राख्नु न भनेँ । अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भने ।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार