भारतपछि प्रचण्ड चिन भ्रमणमा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् ।तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् ।

‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’

उनले यसअघि भारतीय राजदूतसँग कुरा हुँदा उपयुक्त समयमा भारत भ्रमण हुने बताएको जस्तै अहिले पनि चीनसँग कुरा भएको बताए । उनले अगाडि थपे, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार