पाकिस्तानका कप्तान बाबर उत्रिए विराट कोहलीको समर्थनमा

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमले विराट कोहलीको फर्मको विषयमा समर्थन जनाएका छन् । पछिल्लो समय खराव लयमा रहेका विराटको आलोचना भइरहेको छ ।

भारतीय समर्थक र क्रिकेट लिजेन्डहरुले कोहलीको आलोचना गरिरहेको समयमा बाबर भने समर्थनमा आएका हुन् । उनले यो समय पास हुनेछ, बलियो रहनुहोस् भनेर विराटसँगको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । विराट वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजको लागि टिममा छैनन् ।

ग्रोइनको चोटका कारण इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा मात्र १६ रन बनाएका थिए । विराटले इङ्ल्याण्डविरुद्ध टी–ट्वान्टी पनि कमजोर प्रदर्शन गरेका थिए । टेस्टमा पनि नचलेका विराटलाई पाकिस्तानका कप्तान बाबरले चाडै लयमा फर्कन सुझाव दिएका छन् ।

त्यस्तै विराटको फमको विषयमा भारतीय कप्तान रोहित शर्माले पनि समर्थन जनाएका छन् । उनले लामो समय उत्कृष्ट फममा रहेका खेलाडी केही समय कमजोर बन्दा टिममा नै नराख्ने कुरा नहुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार