पार्टी फुटाउने बाबुरामको सपना चकनाचूर भयो : उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् ।

शुक्रबार वीरगञ्चमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताएका हुन् ।

‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार