प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार