प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स बराबरी हैसियतमा मर्जरमा जाने, चुक्ता पुँजी ४ अर्ब १० करोड

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। तीन सातादेखि लगातार छलफलमा रहेको कम्पनीको आज मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्स कम्पनी मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको हो ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ रहने भएको छ। यस्तै, एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई रहने पनि सहमति भएको छ। भट्टराई अहिले महालक्ष्मी इन्स्योरेन्सको सीईओ हुन्।

बीमा समितिको निर्देशनबमोजिम २०७९ चैतभित्र कम्तिमा पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने दबावमा जीवन बीमा कम्पनीहरु छन्। सोही कारण यी दुई कम्पनी पनि मर्जरमा जान लागेका हुन्।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो महालक्ष्मी लाइफको चुक्ता पुँजी अहिले एक अर्ब ४० करोड रुपैयाँ छ। जसमा कम्पनीले पुँजी वृद्धि गर्न ५० प्रतिशत रकम संस्थापक सेयरधनीहरु उठाएर थप्न लागेको छ। यसपछि पनि महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ मात्र पुग्नेछ।

यस्तै, प्रभु लाइफको पनि पुँजी अहिले करिब २ अर्ब मात्र छ। मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी  ४ अर्ब १० करोड मात्र पुग्छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार