सिसिटिभीका फुटजहरु हराउनु देशलाई कमजोर बनाउनु हो : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वअर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको आरोप लगाएका छन्।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरण अन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताएका हुन्।

उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाई स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने बताए। उनले चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरू तय गर्नसक्ने नीतिहरु बनाउन आवश्यक रहेको बताए। राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको पनि बताए।

‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लािग समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरू तय गर्नसक्ने नीतिहरु बनाऔँ । सुशासन र पारदर्शिताका प्रत्याभुति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ । सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरू हामीले हराउँदै हराउँदै गएका छौँ । र आफूलाई कमजोर पारेका छौँ’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार