वैवाहिक अंगीकृत नागरिकता प्रावधान सच्चाउनु पर्ने एमालेको माग

नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्रावधान सच्चाउन माग गरेको छ। सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान संशोधन गर्न माग गरेका हुन्।

सांसद कृष्णभक्त पोखरेलले विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै देशमा नभएको जिकिर गरे। उनले विधेयक प्रस्तुत गरेका गृहमन्त्री बालकृष्ण खाणलाई विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने एउटा पनि देश देखाउन चुनौती दिए।

‘विश्वमा कहाँ छ गृहमन्त्रीले जवाफ दिनुपर्‍यो, विश्वमै एउटा देशको नाम दिनुपर्‍यो। होइन भने भारतमा ७ वर्ष नेपाली चेली नागरिकता लिन समय लाग्छ। अमेरिका अष्ट्रेलिया र अन्य जहाँको हेरे पनि घटिमा चार पाँच वर्ष लाग्छ,’ उनले भने।

उनले यो प्रावधानमा छलफल गरेर संशोधन गर्न माग गरे। ‘बुहारीको हकमा आउने वितिकै दिने वा निश्चित समय राख्ने छलफल हुन नसक्ने होरु’ उनले प्रश्न गरे, ‘छलफल गरौं। विगतको प्रतिवेदनमा तलमाथि के गर्न सकिन्छ निकास गरौं। तर कति पनि हुन्न भोलिपल्टै पाउनुपर्छ भन्ने जुन हिसाबबाट आएको छ। आजको हाम्रो पृष्ठभूमि, दुनियाँको पृष्ठभूमि पनि हेरेर निष्कर्षमा पुग्नुपर्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार