अर्थमन्त्री प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएको संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहने छन् ।

कांग्रेस सांसद भुसालले बिहीवार प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छिन् । आउँदो आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबिन गर्न गएको असार २२ गते विशेष समिति बनाइएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका चार जनासहित ११ सदस्य रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार