थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार