प्रधानमन्त्री देउवा र गभर्नर अधिकारीबीच भेटवार्ता, मौद्रिक नीतिको विषयमा छलफल

अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन देउवाकाे निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन्।विहीबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले वर्तमान आर्थिक अवस्था सुध्रिने गरी नीति ल्याउन आग्रह गरेका हुन्।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा छलफल गरेका हुन्।गभर्नर अधिकारीले मुलुकको आर्थिक क्षेत्रमा अहिले देखापरेका समस्या सम्बोधन हुने गरी मौद्रिक नीति तयार भइरहेको जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छलफल गरेको बताए। गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार