सुनको सिक्री चोरेको अभियोगमा नाबालकसहित ३ जना पक्राउ

नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गरेको अभियोगमा प्रहरीले नाबालकसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चोर्न लगाउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्।

रुपन्देही कञ्चन गाउँपालिका ४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकले आइतबार दिउँसो चोरेर भागेको घटना अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सालझण्डीको टोली खटिएको थियो।

प्रहरी टोलीले ती नाबालकलाई कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेको अवस्थामा चोरिएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो। थप अनुसन्धानको क्रममा उक्त चोरीमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार