एमालेको रणनीति परिवर्तन : विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।भोलि उपसभामुखको निर्वाचन हुँदैछ ।आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार