कर्मचारीमाथि कुटपिट गर्ने ‘सुन मुन्द्रे’ पक्राउ

‘सुन मुन्द्रे’ भनेर चिनिने ठेकेदार सुवास घिसिङ पक्राउ परेका छन् । धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङ बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडितका अनुसार २७ असारमा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेका थिए । फोहोर अनुगमन गर्न गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार