गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम. अधिकारीमा रुपान्तरण भयो ? भनेर प्रश्न समेत गरे ।

‘हाम्रो राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ सर्ट फर्ममा एम अधिकारी हो कि भन्ने चर्चा छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, श्रेष्ठले प्रश्न गर्दै भने, ‘अहिले प्रश्न मात्रै होइन सवैजसोको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ? त्यस्तो चर्चा छ । ’

उनले विवाद आएपनि एमाले वा गभर्नर अधिकारीले स्पस्ट ढंगले प्रस्ट पार्न नसकेको भन्दै पार्न सक्ने अवस्था पनि नरहेको बताए ।उनले ढाँट छल गर्ने प्रवृति मौलाएर जाँदा देश कहाँ जान्छ भन्ने प्रश्न गर्दै यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार