प्रतिनिधिसभाको उपसभामुखमा एमालेको साथ लाेसपालाई

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलका उम्मेदवारलाई सघाउने भएको छ । यदि साना दलले उम्मेवारी नदिने आँफैले उम्मेदवार उठाउने एमालेका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको रहेको एमाले नेताहरुको भनाइ छ ।

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार