यम बुद्धको सालिक बनाउने निर्णयको स्वागत योग्य : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको र्यापर यम बुद्धको सालिक बनाउने निर्णयको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्त निर्णयको स्वागत गरेका हुन् ।

मेयर बालेनले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेपछि कपितयले उनको आलोचना गरिरहेका छन्। तर एमाले उपहासचिव पौडेलले भने त्यो निर्णयको समर्थन गरेका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो’, पौडेलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात् नक्षत्र यम बुद्ध को प्रतिमा निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार