खराब पार्टीबाट राम्रो मुलुक बन्न सक्दैन : घनश्याम भुसाल

नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञानको विकास गर्ने बताए ।

‘राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ । विज्ञानको विकासको जरो नै त्यहीँ हो’ भुसालले भने, ‘हाम्रो ब्युरोक्रेसीले हेर्यो भने नहिँड्ने गोरुलाई तराईमा खेद्छौ त्यसरी खेदेर हिँड्छ कि रु त्यो पूँजीवादले गर्दिने हो कि रु कसले गर्ने हो विज्ञानको विकास ? पात्र कुन हो ?’

केबल ल्यावमा बसेको साइन्टिसहरुले मात्रै विज्ञानको विकास गर्न नसक्ने भन्दै भुसालले त्यसका लागि राम्रो राजनीति हुनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार