भोलिको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई एमालेको निर्देशन

उपसभामुखको उम्मेदवारबारे छलफल जारी

नेकपा एमालेले शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ ।

उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शुक्रबार हुने उपसभामुखको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सवै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको बताए । ‘हामीले हाम्रा सवै माननीयहरूलाई शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छौ’, नेम्वाङको भनाइ छ ।

एमाले नेताहरुका अनुसार सत्ता गठबन्धनले गठबन्धन भित्रैबाट उम्मेदवार अघि सारे एमालेले पनि उम्मेदवार उठाउने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार