मर्जरमा गएका ११ वटा बैंकबाट साढे दुई अर्ब कर असुली गर्न महालेखाको निर्देशन

काठमाडौं । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै महालेखा परिक्षकको कार्यालयले ति बैंकहरुबाट करिब साढे दुई अर्ब रुपैयाँ कर असुली गर्न महालेखा परिक्षकको कार्यालयले बार्षिक प्रतिवेदनमार्फत निर्देशन दिएको छ ।
महालेखा परिक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदनमा मर्जर तथा एक्वीजिशनको नाममा गैर कानुनी रुपमा कर छुट लिने ११ वटा बैंक तथा वित्तीय संस्थाबाट कर असुल्न कर कार्यालयलाई निर्देन दिएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको नेपाल वित्तीय प्रतिवेदनमा पनि मर्जर तथा प्राप्तिमा गएका संस्थाहरुले बिजनेश कम्बिनेशन वापत प्राप्त लाभलाई नाफामै गणना गर्ने व्यवस्था गरेकोले आयकर ऐन २०५८ को दफा २२ विपरित हुने गरी छुट लिएका ११ बैंकबाट कर असुल गर्न सम्बन्ति कर कार्यालयलाई महालेखाले निर्देशन दिएको हो ।

आय कर ऐन २०५८ को दफा २२ विपरित हुने गरी तथा नेपालको प्रचलित लेखामानको उल्लिखित प्रावधान विपरीत मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्थाहरुले मर्जर वा प्राप्तीको क्रममा बजार मूल्य र खुद सम्पत्ति बीचको फरक रकमबाट प्राप्त हुने लाभलाई सौदावादी गर्दाको लाभ तथा ख्यातीको रुपमा आय गणना गर्नुपर्नेमा त्यसो नगरी इक्विटीमा भएको परिवर्तनलाई एक्वीजिशन रिजर्भ, साधारण जगेडा तथा पँजिगत जगेडाको रुपमा राखेर छुट लिएको प्रतिवेदनमा उल्लेख छ ।

सो कार्यमा मर्जर तथा प्राप्तिमा गएका नेपालका ११ बैंक तथा वित्तीय संस्थाले ८ अर्ब २४ करोड ७६ लाख रुपैयाँमा आय करमा पाउने ३० प्रतिशत छुट अर्थात् २ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ कर छुट लिएको महालेखाको ठहर छ । महालेखाले बैंकहरुबाट छुट पाएको रकममा ब्याज सहित असुल गर्न आन्तरिक राजश्व कार्यालयको नाममा निर्देशन दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार